Logo
Logo

गृहको बागडोर सम्हाल्दै सुदनले भने- गलत गर्ने कसैले छुट पाउँदैन


315
Shares

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले अब देश जेन–जी जनादेश अनुसार अघि बढ्ने बताएका छन् ।

मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले गलत गर्ने कसैले छुट नपाउने बताएका हुन् । अब कुनै काम गर्दा कुनै एक ठाउँमा निवेदन दिएपछि अरु ठाउँमा धाउन नपर्ने गरी एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने बताए ।

उनले केही काम गर्दा कसैले घुस वा पैसा माग्यो भने सीधै खबर गर्न पनि उनले अनुरोध गरे । उनले प्रहरीहरूलाई पनि नियम अनुसार काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्