
काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।
केहि बेरअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको रिहाइको लागि कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको हो ।
सचिव महेश बस्नेतले सामाजिक सञ्जालबाट पार्टी सचिवालय बैठकले गरेका चार निर्णय सार्वजनिक गरेका छन्।
यस्तो छ बैठकका निर्णयहरु
१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (ऋम्इ) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।











