काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट ७ जनालाई पक्राउ गरेको हो ।

उनीहरू अहिले परिसरको हिरासतमा राखिएको छ । प्रदर्शनकारीहरू माइतीघर पुगेर कोणसभा गरेका थिए । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।
त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन सुरु गरेको हो ।











