Logo
Logo

ओली-लेखक पक्राउपछिको घटनाक्रमबारे गृहमन्त्रीले लिए सुरक्षा ब्रिफिङ


0
Shares

काठमाडौं । ओली–लेखक पक्राउपछिको विकसित घटनाक्रम र देशको सुरक्षा अवस्थाबारे गृहमन्त्री सुधन गुरुङले उच्च सुरक्षा अधिकारीहरूसँग ब्रिफिङ लिएका छन्।

आज साँझ गृहमन्त्रालयमा बसेको छलफल केहीबेरअघि सकिएको हो। गृहमन्त्री गुरुङले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याललगायत सुरक्षा निकायका प्रमुख अधिकारीहरूसँग गृहमन्त्रालयमा छलफल गरेका हुन्।

गृहमन्त्रालय स्रोतका अनुसार दिनभर विकसित घटनाक्रम, प्रदर्शनको अवस्था र समग्र सुरक्षा चुनौतीबारे जानकारी लिन गृहमन्त्रीले उक्त बैठक बोलाएका थिए ।

सरकारले हिजो मात्रै जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज बिहान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको पक्राउसँगै काठमाडौंसहित देशका विभिन्न स्थानमा दिनभर प्रदर्शन जारी रह्यो । काठमाडौंका केही क्षेत्रमा अवस्था केहीबेर तनावग्रस्त समेत बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्