Logo
Logo

तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन अघि बढ्यो


1.4k
Shares

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।

विभागकै पत्राचारअनुसार कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्कालाई पक्राउ गरिएको छ । सीआईबीले तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिबारे अनुसन्धान अघि बढाएको छ ।

यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवाको घरमा पैसा भेटिएको विषय सार्वजनिक भएको थियो । त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । प्रचण्डपुत्री गंगाको निवास र ओली निवासको समेत घटनास्थल मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो ।

अहिले त्यही अनुसन्धानलाई थप तीव्रता दिइएको हो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्