Logo
Logo

इरानी ड्रोन आक्रमणबाट कुवेतमा १ भारतीयको मृत्यु


441
Shares

काठमाडौं । कुवेतमा विद्युत् र पानी उत्पादन केन्द्रमा भएको आक्रमणपछि क्षतिको मूल्याङ्कन भइरहेको छ । कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेवा भवन, विद्युत् उत्पादन केन्द्र र पानी शुद्धीकरण केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको उल्लेख गरिएको छ ।

मन्त्रालयले यस आक्रमण इरानतर्फबाट भएको दाबी गरेको छ । उक्त आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरिएको छ । घटनास्थलमा आपतकालीन टोली तुरुन्तै पुगेर उद्धार तथा मर्मत कार्य सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि एक दिनअघि कुवेतको रक्षा मन्त्रालयले देशको आकाश क्षेत्रमा १४ वटा क्षेप्यास्त्र र १२ वटा ड्रोन देखिएको जानकारी दिएको थियो । तीमध्ये केही ड्रोनले एक सैनिक शिविरलाई लक्षित गरेका थिए, जसमा १० सैनिक घाइते भएका थिए । घाइते सबैलाई अस्पतालमा उपचारका लागि लगिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्