Logo
Logo

अमेरिकी हमलामा भारत आउन लागेको विमान क्षतिग्रस्त


2.8k
Shares

एजेन्सी । इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ ।

सोमबार महान एयरलाइन्सको एउटा विमान मशहद विमानस्थलमा पार्क गरिएको अवस्थामा अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो ।

औषधि र अन्य अत्यावश्यक राहत सामग्री ल्याउन भारत आउने तयारीमा रहेका बेला विमानमाथि हमला भएको हो । अमेरिका–इजरायल र इरानबीचको युद्ध आज ३१औँ दिनमा प्रवेश गरेको छ । तनाव साम्य हुने संकेत अझै देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्