
एजेन्सी । अमेरिकाले इरानको इस्फहानमा रहेको एक प्रमुख हतियार डिपो (भण्डार) मा हवाई आक्रमण गरेको छ । अमेरिकाले सोमबार राति २ हजार पाउन्डको बंकर–बस्टर बम प्रयोग गरी इरानी हतियार डिपोमा हमला गरेको हो ।
वाल स्ट्रिट जर्नलले अमेरिकाका एक अधिकारीलाई उद्धृत गर्दै ठुलो मात्रामा हतियार र सैन्य उपकरण भएको डिपोलाई निसाना बनाइएको उल्लेख गरेको छ ।
बंकर–बस्टर बमहरू सुदृढ र भूमिगत लक्ष्य नष्ट गर्न प्रयोग गरिन्छ । आक्रमणपछि डिपोमा भण्डारण गरिएका हतियार विस्फोट भएका छन् । जसले गर्दा घटनास्थलमा भीषण आगलागी भएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमा विस्फोटको भिडिओ सार्वजनिक गरेका छन् ।











