
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा चलिरहेको अमेरिकी सैन्य अपरेशन दुईदेखि तीन हप्ताभित्र समाप्त गर्ने घोषणा गरेका छन् ।
ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले सरकारले इरानसँग वार्ताका साथसाथै सैन्य कारबाही पनि जारी राखेको बताए । इन्धनको बढ्दो मूल्यबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले अमेरिका इरानबाट बाहिर निस्केपछि अवस्थामा सुधार आउने र तेलको मूल्यपनि घट्नसक्ने बताए ।
उनले अमेरिकाले आफ्नो काम लगभग पूरा गरिसकेको र अर्को करिब दुई हप्तामा अपरेसन सकेर सेना फिर्ता बोलाइने दाबीसमेत गरे ।
अमेरिकी सेनापछि ट्रम्पले इरानबाट आफ्ना कम्पनीहरूलाई कुनै ठूलो खतरा नरहेको बताउँदै इरानले साँच्चै हमला गर्ने वा कम्पनीहरुलाई उडाउने धम्धी दिएको हो र भन्दै प्रतिप्रश्न गरेका थिए । उनले इरानले अब त्यस्तो कुनै कदम नचाल्ने र अमेरिकी कम्पनीहरुमाथि हमला नगर्ने विश्वाससमेत व्यक्त गरे ।
उनले इरानसँग परमाणु हतियार नभएको र यसले त्यस्ता हतियार प्रयोग गर्न नसक्ने बताए । ट्रम्पले इरानका धेरैजसो पुराना नेताहरू मरिसकेकाले गर्दा खतरा पहिलेको तुलनामा कम भएको दाबी गर्दै अवस्था अहिले पहिलेभन्दा धेरै नियन्त्रणमा रहेकोले चिन्ता गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।











