
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले राजीनामा दिएका छन् । किरातीले बुधबार बसेको बैठकमा राजीनामा पत्र बुझाएका हुन् ।
उनले सुरूदेखि नै पार्टीलाई एकल नेतृत्वमा लैजानुपर्ने राय राख्दै आएका थिए । तर, प्रलोपामा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा केहि क्षेत्रमा एमालेसँग तालमेल गरेको थियो । प्रलोपालाई पुनरसंरचना गर्ने प्रस्तावसमेत सुदनले राखेका थिए ।
स्रोतका अनुसार उनी विभिन्न शक्तिसँग संवादमा रहेको बुझिएको छ । अहिले छुट्टै मोर्चा बनाएर शक्ति सञ्चय गर्दै जाने विकल्पमा पनि उनी छन् । फागुन २१ मा सुनसरी १, भोजपुर र खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवारको पक्षमा उभिएका कारण हर्क साम्पाङसँग जोडिने सम्भावना बलियो रहेको निकट नेताहरू बताउँछन् ।
बुधबारको पार्टी बैठकमा किरातीको राजीनामा आएको अध्यक्ष परिषद्का अर्का सदस्य सन्तोष परियारले जानकारी दिए । यद्यपी पार्टीले उनको राजीनामाबारे भने निर्णय गरिसकेको छैन ।











