Logo
Logo

अर्थमन्त्री वाग्ले आज थाइल्याण्ड जाँदै


0
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज थाइल्याण्डको राजधानी ब्याङकक प्रस्थान गर्दै छन् । विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन उनी ब्याङकक जान लागेका हुन् ।

The current image has no alternative text. The file name is: wakle-1.jpg

उनी मङ्गलवार दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमान मार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकमा अर्थमन्त्री वाग्लेले १६ वटा भन्दा धेरै द्विपक्षीय र बहुपक्षीय बैठकमा र छलफलमा सहभागिता हुने छन् । 

बैठकमा सहभागी हुन अर्थ सचिव डा।घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सह-सचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि त्यसतर्फ जाने छन् । वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्