Logo
Logo

हर्क साम्पाङ गृहमन्त्री सुधन गुरुङ भेट्न सिंहदरबार जाँदै


1.5k
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ विकासका एजेन्डा लिएर सिंहदरबार पुगेका छन् । उनले शुक्रवार गृहमन्त्री सुधन गुरुङसहित विभिन्न विभागीय मन्त्रीहरूलाई भेट्ने कार्यतालिका रहेको छ ।

The current image has no alternative text. The file name is: harka-1024x500-1.jpg

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठक सम्पन्न भएलगत्तै साम्पाङले सामाजिक सञ्जालमार्फत अब आफू विकासका माग लिएर प्रधानमन्त्री र मन्त्रीहरूकहाँ जाने बताएका थिए । 

उनले फेसबुकमा लेखेका छन्, ‘हिजो औपचारिक र विधिवत् सदनको पहिलो बैठक सम्पन्न भयो । नेपाल सरकार लगायत सबैलाई धन्यवाद १ अब जनताका विकासका मागहरू लिएर प्रधानमन्त्रीज्यू र विभागीय मन्त्रीज्यूहरूलाई भेट्न जानुपर्नेछ ।’

बिहान ११ बजेर ४५ मिनेट जाँदा साम्पाङले गृहमन्त्री गुरुङसँग भेट गर्ने कार्यतालिका रहेको छ । प्रतिनिधि सभाको पहिलो बैठकमै साम्पाङले विभिन्न समसामयिक र राष्ट्रिय मुद्दाहरू उठाएका थिए । 

सिंहदरबारमा हुने भेटघाटका क्रममा उनले आफ्नो निर्वाचन क्षेत्रका विकास योजना र संसद्मा उठाएका मागहरूका विषयमा मन्त्रीको ध्यानाकर्षण गराउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्