Logo
Logo

अर्काको नाममा एसईई परीक्षा दिन पुगेका युवक पक्राउ


441
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन पुगेका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

The current image has no alternative text. The file name is: arrested-3.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार हेटौँडा उपमहानगरपालिका-१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौँडा-४ बस्दै आएका करिब १८ वर्षीय बिराज विकलाई नियन्त्रणमा लिएको हो । 

बिक अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन पुगेका थिए । उनी हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । 

विकले हेटौँडा-१२ पदमपोखरी घर भएका १९ वर्षीय अंकिश श्रेष्ठको नाममा जारी प्रवेशपत्र प्रयोग गरी नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिन पुगेका थिए ।  प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अंकिश श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्