काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । नेकपाले रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेदवारी नदिने जानकारी गराएका हुन् । रास्वपा उपसभापति डीपी अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
नेकपाले उपसभामुख पदमा भने दाबी गरेको छ । सहमति भए उपसभामुख पदमा उम्मेदवारी दिने नेकपाको तयारी रहेको छ । नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी नदिने जनाएको छ । सत्तापक्षसँग संसद्मा सुविधाजनक अङ्क रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसले जनाएको छ ।











