Logo
Logo

कांग्रेसले सभामुखमा रास्वपा उपसभापति डिपी अर्याललाई समर्थन गर्ने


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा रास्वपा उम्मेदवार उपसभापति डिपी अर्याललाई समर्थन गर्ने भएको छ । कांग्रेसले सभामुख पदमा पार्टीबाट उम्मेदवारी नदिने भएको हो ।

महामन्त्री प्रदीप पौडेलका अनुसार सभामुखको तटस्थता कायम हुने विश्वाससहित सभामुख पदमा पार्टीले उम्मेदवार दिँदैन ।प्रतिनिधि सभामा रास्वपाका १८२ जना सांसद छन् भने कांग्रेसका जम्मा ३८ जना छन् । रास्वपाको एकल सरकार छ । सभामुखमा विजयी हुन रास्वपालाई अरू दलको साथ पनि चाहिँदैन ।

उपसभामुख पदमा भने कांग्रेसले दाबी गरेको छ । हामन्त्री पौडेलले उपसभामुखको हकदार प्रमुख प्रतिपक्षी नै हुने बताएका छन् । सभामुख पदमा एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने तर उपसभामुख पदमा दाबी रहने बताएको छ  । रास्वपाले सभामुखको जिम्मेवारी पाइरहँदा उपसभामुखमा पनि रास्वपाले जुन दललाई साथ दिए त्यही दलको उम्मेदवार उपसभामुख बन्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्