काठमाडौं । नेकपा एमालेका युवाहरूले नेतृत्व परिवर्तनको माग गर्दै पार्टी नेताहरूलाई दबाब दिन सुरु गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकका लागि पुगेका नेताहरूलाई युवा कार्यकर्ताहरूले फूल दिएर शुभकामना दिएका हुन् ।
उनीहरूले नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै नेताहरूलाई फूल दिएका हुन् ।यसअघि संसदीय दलको नेतामा रामबहादुर थापा बादललाई चयन गरेपछि पार्टीका युवाहरूले निरन्तर विरोध गरिरहेका छन् ।
उनीहरूले संसदीय दलको नेतामा सुहाङ नेम्वाङलाई चयन नगरेको भन्दै सोही दिन विरोध प्रदर्शन गरेका थिए ।











