Logo
Logo

इजरायल-अमेरिका र इरान युद्धबारे अफवाह फैलाएको आरोपमा ११ नेपाली पक्राउ


1.2k
Shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकले हालसम्म ११ जना नेपाली पक्राउ परेका छन् ।

The current image has no alternative text. The file name is: nepali-arrested.jpg

पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

युद्धग्रस्त पश्चिम एसियाली देशले सामाजिक सञ्चालनमा प्रवाह हुन् भ्रमपूर्ण सन्देशहरूमाथि कडाइ गर्दै आएका छन् । सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश फैलाउनेलाई पक्राउ गर्नेदेखि डिपोर्ट गर्नेसम्मका कारबाही हुने ती देशले जनाएका छन् ।

सामाजिक सञ्जालमा भ्रम फैलाउने खालका फोटो तथा भिडियो सार्वजनिक गरेको आधारमा उनीहरू पक्राउ परेको परराष्ट्र मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारीगराएको हो । 

इजरायल-अमेरिका र इरानबीच भइरहेको युद्धपछि इरानले खाडी मुलुकमा क्षेप्यास्त्र तथा ड्रोन हमला गर्दै आएको छ । त्यही आक्रमणको क्रममा आएका क्षेप्यास्त्र तथा ड्रोनको फोटो भिडियो खिच्ने, सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तथा गलत अफवाह फैलाउने गरेको अभियोगमा पक्राउ परेको मन्त्रालयले जनाएको छ ।

पक्राउ परेकाहरूका हकमा सम्बन्धित देशमा रहेकाको हकमा नेपाली दूतावास तथा नियोगहरूले आवश्यक बुझ्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । 

उनीहरूमाथि लागेको चार्ज के हो ? त्यसको लागि जरिवाना कति हुन्छ ? भन्ने विषयमा बुझ्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्