Logo
Logo

ट्रम्पको धम्कीसँगै आकासियो कच्चा तेलको मूल्य


2k
Shares

एजेन्सी । पश्चिम एसियामा जारी युद्धका कारण विश्व बजारमा कच्चा तेलको आपूर्तिमा थप संकट देखिएपछि सोमबार तेलको मूल्यमा भारी वृद्धि भएको छ ।

प्रमुख तेल उत्पादक क्षेत्रमा सिर्जित अवरोध र सम्भावित सैन्य आक्रमणका कारण सोमबार ब्रेन्ट क्रुड र वेस्ट टेक्सास इन्टरमिडिएट दुवैको मूल्य उकालो लागेको हो ।

सोमबार बिहानको कारोबारमा ब्रेन्ट क्रुड फ्युचर्स १.७१ डलर अर्थात् १.६ प्रतिशतले बढेर प्रतिब्यारेल ११०.७४ डलर पुगेको छ । त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य ०.७१ डलरले बढेर प्रतिब्यारेल ११२.२५ डलरमा कारोबार भइरहेको छ।


इस्टर सन्डेका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने धम्की दिएपछि बजारमा थप हलचल मच्चिएको हो । ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले रणनीतिक महत्वको स्ट्रेट अफ होर्मुज नखोले मंगलबारबाट कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् ।

गत फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धका कारण इराक, साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्सबाट तेल ओसारपसार हुने स्ट्रेट अफ होर्मुज प्रायः बन्द अवस्थामा छ ।

इरानी आक्रमणका कारण ढुवानीमा अवरोध भएपछि विश्वभरका रिफाइनरीहरूले अहिले अमेरिका र बेलायतको नर्थ सी क्षेत्रबाट वैकल्पिक तेलको खोजी गरिरहेका छन् । इरानले आफ्ना मित्र राष्ट्रका केही जहाजलाई मात्र सो क्षेत्रबाट जान अनुमति दिए पनि समग्र आपूर्ति प्रणाली भने अस्तव्यस्त छ ।

प्रतिक्रिया दिनुहोस्