Logo
Logo

उपसभामुख निर्वाचन आज, लामा र ठाकुरबीच प्रतिस्पर्धा


1k
Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ । आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुख चयन गर्ने कार्यसूची रहेको हो ।

उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ । उपसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार तोकिएको समयभित्र दुई जनाको मात्र उम्मेदवारी परेको हो ।

रुवी कुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका छन् ।

त्यस्तै, लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी थिइन् ।

प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ । त्यसैले रास्वपाले मतदान ग¥यो भने उपसभामुखमा ठाकुर निर्वाचित हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्