Logo
Logo

संसद अधिवेशन आज रातिबाट अन्त्य हुँदै


378
Shares

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णय र सिफारिसका आधारमा नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम यो निर्णय भएको जानकारी दिएको छ ।

यससँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्तमान अधिवेशन औपचारिक रूपमा समापन हुने भएको छ । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो ।

नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्