Logo
Logo

कानुन व्यवसायीको विरोधपछि पछि हट्यो सरकार, परिचयपत्रबाटै सिंहदरबार छिर्न पाउने


882
Shares

काठमाडौं । कानुन व्यवसायीहरूले आफ्नो परिचयपत्रबाटै सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् । सरकारले आइतबारदेखि कानुन व्यवसायीहरूले पनि सिंहदरबार प्रवेश गर्नका लागि गेट पास लिनुपर्ने व्यवस्था गरेको थियो ।

त्यसअघि कानुन व्यवयासीहरू नेपाल बार एशोसियसनले दिएको परिचयपत्रकै आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउँथे । बार एसोसिएसनसहित कानुन व्यवसायीले विरोध जनाएपछि अहिले फेरि परिचयपत्रबाटै प्रवेश अनुमति दिइएको बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए ।

‘सुरक्षा निकायले हामीलाई फेरि परिचयपत्रकै आधारमा मिल्ने जानकारी गराएको छ,’ उनले भने । सरकारले अब सिंहदरबार प्रवेशका लागि मापदण्ड समेत बनाउने तयारी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्