Logo
Logo

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीले दिए राजीनामा


1.3k
Shares

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएपछि परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका जर्मनीका लागि नेपाली राजदूत डा। शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन् ।

गत बुधवार दिएको उनको राजीनामा बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकृत गरेका हुन् । सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध राजदूतहरूले सर्वोच्चमा रिट हालेका थिए ।

उक्त रिटमा अदालतले निर्णय कार्यान्वयन नगर्नु भन्ने आदेश दिएपछि मन्त्रालयले पदबाट हट्न नचाहेका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा छुट्टै कार्यकक्ष खडा गरे हाजिर गराउँदै आएको थियो ।

रुपाखेती पनि राजीनामा नदिई हाजिर गर्दै आएका थिए । ‘एक कानुन पालन गर्ने नागरिकको रूपमा मैले सर्वोच्च अदालतको मान राखी उक्त आदेशको पालना गर्नु आफ्नो कर्तव्य ठानेँ र तत्कालीन सरकारले पठाएको दोस्रो पत्र बमोजिम नेपाल फर्केर परराष्ट्र मन्त्रालय मै हाजिर भएँ’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्