Logo
Logo

कस्तो रहला आज दिनभरको मौसम ?


504
Shares

काठमाडौं । नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ । जसको प्रभावले मौसममा फेरबदल ल्याएको देशका विभिन्न भागमा मौसममा परिवर्तन ल्याएको छ ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ भने अन्य पहाडी भू–भागमा आंशिक बादल लागेको देखिन्छ । तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा नै रहेको छ ।

देशका हिमाली भेगमा बादलको प्रभाव बढी रहने र पहाडी क्षेत्रमा आंशिक बदली हुने सङ्केत देखिएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य हिमाली भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशखाले जनाएको छ ।

तराई क्षेत्रमा भने घाम लाग्ने र मौसम मुख्यतया सफा रहनेछ । हिमाली क्षेत्रमा हुने वर्षा र हिमपातले तापक्रममा केही गिरावट ल्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्