Logo
Logo

अम्तिम समयमा अमेरिकाले आफ्ना मागहरू परिवर्तन गरेको इरानको दाबी


1.9k
Shares

एजेन्सी । इरानी विदेशमन्त्री अब्बास अराघचीले आफूहरू ऐतिहासिक सम्झौताको निकै नजिक पुगेको भए पनि अन्तिम समयमा अमेरिकाले थप सर्त र प्रतिबन्धहरू तेस्र्याउँदा वार्ता भाँडिएको बताएका छन् ।

२८ फेब्रुअरीयता जारी अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको इस्लामावादमा भएको उच्चस्तरीय वार्ता बिना निष्कर्ष टुङ्गिएपछि इरानी विदेशमन्त्री अराघचीले यस्तो बताएका हुन् । ४७ वर्षयताकै सबैभन्दा उच्च तहमा भएको भनिएको यो वार्ता असफल भएपछि पश्चिम एसियामा तनाव थप बढ्ने निश्चित देखिएको छ ।

विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकामाथि तिखो प्रहार गर्दै इरानले असल नियतका साथ युद्ध रोक्न संवाद अघि बढाएको दाबी गरेका छन् । उनले इस्लामावाद सम्झौता टुङ्गोमा पुग्नै लाग्दा अमेरिकाले एकाएक आफ्ना मागहरू परिवर्तन गरेको र नयाँ सर्तहरू थपेर इरानलाई दबाबमा पार्न खोजेको आरोप लगाएका छन् । अमेरिकाले विगतका गल्तीबाट कुनै पाठ नसिक्दा शान्ति स्थापना गर्ने यो सुनौलो अवसर गुमेको उनको तर्क छ ।

अराघचीले अमेरिकालाई चेतावनी दिँदै ‘असल नियतको बदला असल नियत र शत्रुताको बदला शत्रुता नै मिल्ने’ स्पष्ट पारेका छन्। वार्ता असफल भए लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रामक कदम चाल्ने धम्की दिइसकेका छन् ।

ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्ने हरेक जहाजमाथि कडा नाकाबन्दी गर्ने घोषणा गरेका छन् । यो घोषणाले विश्वभरको तेल आपूर्तिमा गम्भीर असर पर्ने र इन्धनको मूल्य अझै बढ्ने त्रास बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्