काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको सचिवालयले जनाएको छ। ओलीको पित्तथैलीमा रहेको ढुङ्गा निकालिएको हो ।
जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिस बमोजिम प्रहरीले चैत १३ गते ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो । सोही दिन स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
सर्वोच्च अदालतको परमादेशपछि अनुसन्धानमा आवश्यक हुँदा हाजिर हुनेगरी उनलाई परिवारको जिम्मा लगाइएको थियो । रिहा भएपनि उपचारका लागि ओली अस्पतालमै छन् ।










