Logo
Logo

ओलीको पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा


504
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरी निकालिएको छ । टिचिङ अस्पतालका डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले केहि बेरअघि ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा निकालेको हो ।

ओलीको सचिवालयका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि उनलाई अपरेसन थिएटरबाट वार्डमा सार्ने तयारी भइरहेको छ । स्वास्थ्य अवस्थासम्बन्धी विस्तृत विवरण केहीबेरमै प्रेस नोटमार्फत सार्वजनिक गरिने अस्पतालले जनाएको छ।

रास्वपाका बालेन शाह नेतृत्वको नयाँ सरकार गठन भएको भोलिपल्ट नै जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली पक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो । अदालतको आदेशसँगै प्रहरी हिरासतबाट रिहा भए पनि उनी स्वास्थ्य अवस्थाका कारण अस्पतालमै रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्