Logo
Logo

महोत्तरीमा अमरेश सिंहविरुद्ध रास्वपाकै कार्यकर्ताले गरे प्रदर्शन 


2.6k
Shares

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वर पुगेका रास्वपा सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् । 

The current image has no alternative text. The file name is: amresh.jpg

सोमबार सिंह जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला उनीविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।

स्थानीय नेता कार्यकर्तासँग कुनै समन्वय नगरी सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरेको भन्दै नाराबाजी गरेका हुन् । उनीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतको नारा लगाएका थिए । भिडलाई नियन्त्रण गर्ने प्रहरी समेत परिचालन गरिएको थियो ।  

सिंह सर्लाही-४ का निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।  जलेश्वर महोत्तरी क्षेत्र नं.३ पर्छ । 

प्रतिक्रिया दिनुहोस्