काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । वैशाख २ गते दिउँसो ११ बजे बस्नेगरी अनुशासन समितिको बैठक बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

कांग्रेसले सोही दिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । त्यसअघि अनुशासन समितिको बैठक बस्न लागेको हो ।
यसअघि गत १८ चैतमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लङ्घनको आरोप लागेकाहरूलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको थियो ।










