काठमाडौं । ठमाडौंको भृकुटीमण्डपमा भाडाम लिएर वर्षौँदेखि भाडा नतिरेका स्टलहरूको ताला लगाइएको छ । भाडा लिएर पनि नतिर्नेमध्ये २० वटामा आज समाजकल्याण परिषद्ले सुरक्षाकर्मीको सहयोगमा ताला लगाएको हो ।

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज सबैभन्दा धेरै भाडा तिर्न बाँकी रहेको संस्था हो । यो संस्थाले परिषद्लाई १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ भाडा तिर्न बाँकी छ । यो संस्थाले लिएको स्टल नम्बर ६८ को भाडा हो । त्यस्तै यही संस्थाले स्टल ३४ भाडामा लिएबापत १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ तिर्न बाँकी छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घले पनि परिषद्लाई १ करोड १६ लाख ३२ हार २७ रुपैयाँ भाडा तिरेको छैन । बालबालिकाका लागि गैरसरकारी संस्था महासङ्घ नेपाल स्टल नम्बर ७४ ले पनि ८९ लाख ९० हजार ७४६ रुपैयाँ भाडा तिरेको छैन ।
नेकपा एमालेनिकट अनेरास्ववियु ९अखिल०ले स्टल नम्बर ६० र ६१ भाडामा लिएको र ०७७ सालदेखि अहिलेसम्म भाडा नतिरेको परिषद्ले जनाएको छ ।
त्यस्तै नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चले पनि २१ लाख ८५ हजार ९५७ रुपैयाँ भाडा तिरेको छैन । ऋषि धमला सञ्चालक रहेको रिपोर्टस क्लब नेपालले ७३ लाख ४० हजार ९० रुपैयाँ भाडा नतिरेपछि आज ताला लगाइएको छ ।
त्यस्तै उपभोक्ता मञ्च नेपालले ४५ लाख ५७ हजार ९०७ रुपैयाँ, लोकतान्त्रिक सहिद तथा घाइते समाजले १४ लाख ६१ हजार ३७०, नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाले ३३ लाख ७ हजार ४२१ रुपैयाँ भाडा तिरेको छैन ।
त्यस्तै सेन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्स १० लाख रुपैयाँ, मनकला श्रेष्ठ जुत्ता पसलले ७ लाख ४६ हजार २३ रुपैयाँ, टीकाराम सिटौला जुत्ता पसलले ११ लाख ८० हजार ६२५ रुपैयाँ, कृष्णप्रसाद लामिछाने जुत्ता पसलले ८ लाख ९८ हजार १६३ रुपैयाँ, यशोदाकुमारी सेठी खाजा पसलले १० लाख ५९ लाख १५६ रुपैयाँ, हरि हमात्य खाजा पसलले ५ लाख १५ हजार ६६४ रुपैयाँ भाडा तिर्न बाँकी छ ।
त्यस्तै नारायणकुमारी निरौला खाजा पसलले २ लाख ७३ हजार १३ रुपैयाँ, बुद्धिराम भुसाल खाजा पसलले ६ लाख ८७ हजार ७३४ रुपैयाँ, मञ्जु तिमिल्सिना खाजा पसलले ९ लाख ७ हजार ७१० रुपैयाँ, चित्रबदुर पण्डित क्षेत्री खाजा पसलले २ लाख १९ हजार ५६७ रुपैयाँ, नेपाल फोटो पत्रकार महासङ्घले २० लाख ६८ हजार रुपैयाँ भाडा नतिरेपछि आज ताला लगाइएको छ ।










