Logo
Logo

राजनीतिमा निषेध, फुट, द्वन्द्व र प्रतिशोधको भावना राख्नु हुँदैन : पूर्वराजा शाह


378
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा निषेध, फुट, द्वन्द्व र प्रतिशोधको भावना राख्न नहुने बताएका छन् । नयाँ वर्ष २०८३ सालको अवसरमा एक भिडियो शुभकामना जारी गर्दै शाहले जनचाहनालाई मनन गरी देशलाई केन्द्रमा राखेर अघि बढ्न सरोकारवालाहरूलाई आग्रह गरेका हुन् ।

The current image has no alternative text. The file name is: ling.jpg

उनले भनेका छन्, ‘निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौँ । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनुहुँदैन ।’

पूर्वराजा शाहले संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षका मागलाई सम्बोधन गरी संवैधानिक समाधान खोज्न विलम्ब गर्न नहुनेमा जोड दिए ।

विगतका वर्षहरूमा निरन्तर विकल्पको खोजी र अभ्यास मात्र गर्दा देश प्रयोगशालामा सीमित भएको उनको टिप्पणी छ । राजनीति र राज्य पद्धतिमा धेरै हेरफेर गरिए पनि ती केवल कोरा परिवर्तन मात्रै साबित भएको र राष्ट्रको श्रीवृद्धिमा देश निकै पछाडि परेको उनले बताएका छन् ।

देश अहिले चौतर्फी समस्याको चाङमा रहेको बताउँदै उनले अर्थतन्त्र उकास्न र छिमेकी मित्रशक्तिहरूसँगको सद्भाव बढाउन राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

उनले भनेका छन्, ‘आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ । नयाँ वर्षमा जिउधनको सुरक्षा र जीवन जिउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु आवश्यक देखिन्छ।’ 

प्रतिक्रिया दिनुहोस्