
काठमाडौं । नेपाली काँग्रेसले आजदेखि क्रियाशील सदस्यता अध्यावधिक अभियान शुरु गर्दैछ । बैशाख महिना भर चल्ने यो अभियानमा काँग्रेसका सबै नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुले क्रियाशील सदस्यता आफ्नो सम्बन्धित वडाको काँग्रेस समितिबाट लिनुपर्ने छ ।
यो अभियानको शुरुवात काँग्रेसका सभापति गगन कुमार थापाबाट आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्दै शुभारम्भ गरिने काँग्रेसले जनाएको छ । जस अनुसार आज दिउसो १ बजे सभापति थापा आफ्नो वडा काठमाडौँ महानगर– ३० को इकाई कार्यालय पुगेर क्रियाशील सदस्यता अध्यावधिक गर्ने बताइएको छ । काँग्रेसले यसलाई ‘एक महिने जरा अभियान’ नाम दिएको छ ।











