Logo
Logo

काँग्रेसको खुलातर्फको महामन्त्रीमा पौडेल र राणा विजयी


378
Shares

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् । पौडेलले ४१९४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने राणाले २३३० मत प्राप्त गरेर विजयी भएका हुन् ।

The current image has no alternative text. The file name is: nepali-congress-14.jpg

उनीहरुका प्रतिष्पर्धी डा। सुनिलकुमार शर्माले २२५७ मत प्राप्त गरे भने गुरु घिमिरेले १५१३ मत प्राप्त गरेका थिए । त्यस्तै नैंन सिंह महरले ११३४, शङ्कर तिवारीले १२३ र डा। सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिलातर्फको महामन्त्रीमा भने डा। डिला संग्रौला विजयी भएकी छन् । संग्रौलाले ३११८ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिष्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्