Logo
Logo

नयाँ वर्षमा प्रदीप पौडेलका चार संकल्प


378
Shares

काठाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नयाँ वर्षको अवसरमा चारवटा नयाँ संकल्प गरेका छन् ।

नयाँ वर्षको अवसरमा सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको बदलिँदो परिस्थिति र नागरिकका अपेक्षाहरूलाई आत्मसात् गरेर चार सवालमा जीवन समर्पित गर्ने संकल्प लिएको बताएका छन् ।

पार्टीभित्रका हरेक मतभेदलाई संवादमार्फत् हल गर्दै कांग्रेसलाई विधि र पद्दतिमा चल्ने एकताबद्ध, आधुनिक र प्रविधिमैत्री पार्टी बनाउन तथा नयाँ पुस्ताका नवीन सपना र विचारलाई पार्टीको मूल प्रवाहमा जोड्न निरन्तर सक्रिय रहने पौडेलको भनाइ छ ।

उनले ज्ञानमा आधारित अर्थतन्त्र र युवा उद्यमशीलतालाई राष्ट्रिय बहसको मुख्य एजेन्डा बनाउँदै युवा जनशक्तिलाई स्वदेशमै मर्यादित अवसर सिर्जना गर्ने ठोस नीतिगत नेतृत्व र कार्यान्वयनका लागि क्रियाशील रहने बताएका छन् ।

‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्दै राजनीतिलाई जनसेवा र सदाचारको मार्गमा डोहो¥याउन तथा आम जनसरोकारका विषय महँगी नियन्त्रण, गुणस्तरीय शिक्षा तथा सर्वसुलभ स्वास्थ्य सेवा जस्ता सवालमा परिणाममुखी र संरचनात्मक सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्नेछु,’ उनले उल्लेख गरेका छन् ।

मुलुकको दीर्घकालीन हित, राजनीतिक स्थिरता र आर्थिक समृद्धिका साथै अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलित विकासका लागि सबै राजनीतिक दलहरूबीच न्यूनतम साझा सहमति निर्माण गर्न जिम्मेवार र समन्वयकारी भूमिका खेल्ने पनि उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्