Logo
Logo

लेखा समिति सभापतिमा कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने


630
Shares

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ ।

The current image has no alternative text. The file name is: bharata-khadka.jpg

डोटीबाट निर्वाचित सांसद खड्कालाई लेखा समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय भएको हो ।  आज संसदीय समितिका सभापतिहरूको मनोनयन तालिका छ । त्यसअघि दलहरूले सभापतिको उम्मेदवार चयन गरिरहेका छन् । 

सत्तारुढ दल रास्वपाले पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो । यसअघि आज नै विपक्ष दलहरूले पनि लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका उम्मेदवार सघाउने निर्णय गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्