काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले पूर्णबहादुर खड्कालाई पार्टीले सोधेको स्पष्टीकरण पार्टीभित्रको बृहत् एकताका लागि बाधक बन्ने बताएका छन् ।

पार्टीको वृहत् एकताका पक्षमा उभिन अपिल गर्दै कांग्रेसको आधिकारिकता विवाद अदालतमा विचाराधीन अवस्थामा रहेपनि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ रहेको छ ।
उनले १५ औँ महाधिवेशनको लागि सदस्यता नवीकरण भइसकेको भन्दै अहिले अद्यावधिक गर्नुको अर्थ नभएको बताए । कांग्रेस सैद्धान्तिक र वस्तुगत रूपमा विभाजित नभएको उनको विश्वास छ ।
उनले भनेका छन्, ‘पछिल्लो समय कांग्रेसमा रुपान्तरणको जरुरी थियो, तर त्यसैका नाममा भएका गतिविधिले कांग्रेसलाई कुन अवस्थामा पुर्याएको हामी सबै जानकार छौँ । कांग्रेसको आधिकारीकता विवाद अदालतमा विचाराधीन अवस्थामा छ । यसै सन्दर्भमा पूर्णबहादुर खड्काज्यूलाई सोधिएको स्पष्टीकरण पार्टीभित्रको बृहत् एकताका लागि वाधक बन्ने देखिन्छ ।
अदालतमा मुद्दा विधाराधिन रहेका बेला यस किसिमका आन्तरिक गतिविधिले पार्टी जीवनलाई थप सङ्कटतर्फ धकेल्ने उनको बुझाइ छ । उनले आफू पार्टीमा बृहत् एकता कायम गर्न प्रयत्नशील रहेको जनाएका छन् ।











