Logo
Logo

जेनजी आन्दोलनपछि काठमाडौं प्रहरीमा ५ हजार ५६६ मुद्दा दर्ता


693
Shares

काठमाडौं । गत भदौंको जेनजी आन्दोलनपछि काठमाडौं प्रहरीमा ५ हजार ५६६ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । जसमध्ये बैंकिङ कसुरका मुद्दाहरू सबैभन्दा धेरै छन् ।

साइबर अपराधतर्फ १ हजार ३ सय ३० वटा उजुरी प्राप्त भएका छन्, जसमा अनलाइन सपिङ फ्रड प्रमुख देखिएको परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए । ओटीपी चोरी र आईडी बुस्टिङका नाममा हुने ठगी पनि नयाँ चुनौतीका रूपमा देखापरेका उनले बताए ।

राजधानीमा परम्परागत अपराधको तुलनामा साइबर र आर्थिक अपराधको जोखिम बढ्दै गएको एसपी भट्टराईले बताए । काठमाडौंमा हुने कुल अपराधको ८५ प्रतिशत हिस्सा बैंकिङ कसुर, अभद्र व्यवहार र चोरी जस्ता १० वटा मुख्य कसुरले ओगटेका छन् ।

साथै, हुन्डीमा २ करोड ६३ लाख र सम्पती शुद्धीकरणमा २९ करोड बराबरको विगो दाबीसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्