Logo
Logo

होर्मुज स्ट्रेट नै बन्द गर्ने अमेरिकालाई इरानको चेतावनी


0
Shares

एजेन्सी । इरानले अमेरिकी नाबन्दी तत्काल नहटाइए स्ट्रेट अफ होर्मुज मार्ग नै बन्द गर्ने चेतावनी दिएको छ ।

सरकारी टीभीसँग कुरा गर्दै इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाले लगाएको नाकाबन्दी नहटाए यो मार्ग नै बन्द गरिदिने चेतावनी दिएका हुन् ।

उनले बन्दरगाहमा नाकाबन्दी गरिनु ‘गलत’ र ‘अविवेकी’ निर्णय भनेका छन् । गालिबाफले भनेका छन्, ‘मैले पहिले नै भनिसकेको छु– यदि यो नाकाबन्दी हटाइएन भने होर्मुज स्ट्रेट मार्गमा आवतजावत नै निश्चित रूपमा बन्द गराइनेछ ।’

आफ्नो भिडिओ सन्देशमा गालिबाफले होर्मुज स्ट्रेट इरानको नियन्त्रणमा रहेको दाबी गरेका छन् । उनले अमेरिकाले होर्मुज स्ट्रेटबाट खानी हटाउने प्रयास गरेपछि इरानले कडा विरोध गरेको पनि उल्लेख गरेका छन् ।

गालिबाफले भनेका छन्, ‘हामीले यसलाई युद्धविरामको उल्लंघन मानेका थियौँ र स्पष्ट रूपमा भनेका थियौँ– यदि त्यसो गरियो भने हामी आक्रमण गर्नेछौँ।’

गालिबाफले हालै पाकिस्तानको इस्लामाबादमा अमेरिकासँग भएको वार्तामा इरानको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्