Logo
Logo

बीपी राजमार्ग एकतर्फी खुल्यो


315
Shares

काठमाडौं । बीपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन भएको छ । गएराति रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको राजमार्ग आज बिहान ८ः४५ बजेदेखि एकतर्फी खुलाइएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहले डाइभर्सन बगाएको स्थानमा मर्मत गरी हाललाई एकतर्फी मात्र बाटो सुचारु गरिएको जानकारी दिए ।

पूर्णरूपमा बाटो सञ्चालन गर्नका लागि भने अझै केही समय लाग्ने प्रहरीको भनाइ छ । प्रहरीले लेन अनुशासन कायम सावधानीपूर्वक यात्रा गर्न अनुरोधसमेत गरेको छ । साथै बाटोको अवस्थाबारे कुनै जानकारी लिनुपरेमा १०० वा १०३ नम्बरमा सम्पर्क गर्न पनि प्रहरीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्