Logo
Logo

देउवा समूहका नेताहरुको बैठक सुरू


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट चुनिएका पूर्वसभापति शेरबहादुर देउवा समूहका केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा सुरु भएको हो । पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएसँगै चौम समूह छलफलमा जुटेको हो । बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि असन्तुष्ट रहेका देउवा पक्षको नेतृत्व गरेका नेता खड्काले शनिबार आफ्नै निवासमा आफू निकटका नेताहरूसँग छलफल गरेका थिए ।

छलफलमा नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखकलगायतका नेताहरू उपस्थित थिए । उक्त छलफलपछि खड्काले देउवा निकटका केन्द्रीय सदस्यहरुको बैठक राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्