Logo
Logo

विष्णुमति खोला किनारमा ४ थान पेस्तोल र ५८ राउण्ड गोली भेटियो


1.9k
Shares

काठमाडौं । बिष्णुमति खोला किनारमा चार थान पेस्तोल र ५८ राउण्ड गोली फेला परेको छ । शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको जानकारी दिए । बरामद पेस्तोल टाइप–५४ रहेको र सोही पेस्तोलको म्यागजिन ७ थान भेटिएको हो ।

महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला परेको हो । ९ एमएम बेरेटा पेस्तोलको गोली ५८ राउण्ड बरामद भएको हो ।

उक्त हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्