Logo
Logo

संविधान संशोधन सुझाव समितिलाई काँग्रेसले दियो पूर्णता


693
Shares

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा विज्ञ समिति बनाएको छ । 

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै गत चैत ११ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टीले १६ सदस्यीय समितिलाई पूर्णता दिएको जानकारी गराएका हुन्  । 

समितिले संविधान कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको अध्ययन गर्ने, सङ्घीयता र समावेशितालाई बलियो बनाउन सरोकारवालासँग संवाद गर्ने, जेनजी पुस्ताको विद्रोह र निर्वाचनमा पार्टीले गरेका प्रतिज्ञालाई सम्बोधन गर्ने र पहिचान र सुशासनका मागहरूलाई अध्ययन गरी सुझाव दिने छ । 

नेपाली कांग्रेसले संविधान जारी भएको १० वर्ष पुगेकाले जनभावनाअनुसार यसलाई परिमार्जन गर्न आवश्यक रहेको जनाएको छ । गणतन्त्र, सङ्घीयता र नागरिक अधिकार जस्ता आधारभूत विषयलाई असर नपर्ने गरी संविधानलाई थप गतिशील बनाउन कांग्रेसले यो पहल थालेको हो । समितिले बुझाउने प्रतिवेदनका आधारमा कांग्रेसले संविधान संशोधनबारे आफ्नो आधिकारिक धारणा बनाउने छ ।

यस्तो छ संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समिति:

संयोजक-नेपाली कांग्रेस उपसभापति पुष्पा भुसाल
सदस्य-वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी
सदस्य-वरिष्ठ अधिवक्ता हरिहर दाहाल 
सदस्य  – वरिष्ठ अधिवक्ता प्रेम बहादुर खडका
सदस्य-वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने
सदस्य-वरिष्ठ अधिवक्ता शेरबहादुर के.सी.
सदस्य   -वरिष्ठ अधिवक्ता यदुनाथ खनाल
सदस्य-वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे
सदस्य-वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी
सदस्य  -वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी
सदस्य  -वरिष्ठ अधिवक्ता सिताराम के।सी।  
सदस्य -वरिष्ठ अधिवक्ता ललितकुमार बस्नेत
सदस्य  -अधिवक्ता रनबहादुर थेबे
सदस्य-अधिवक्ता शर्मिला श्रेष्ठ 
सदस्य-अधिवक्ता  झलमाया वि.क.
सदस्य सचिव –अधिवक्ता  राजु कटुवाल 

प्रतिक्रिया दिनुहोस्