Logo
Logo

पुनर्वासबिना सुकुम्वासी हटाउने कार्य रोक्न नेकपाको आग्रह


504
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सरकारले हा सुकुम्वासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

The current image has no alternative text. The file name is: nekapa.jpg

पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारको कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न माग गरेको छ।

विज्ञप्तिमा सुकुम्वासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ ।

‘समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकार समक्ष आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । यसैबिच, नयाँ सरकार गठन लगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै पार्टीले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ ।

पार्टीले विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधान विपरीत र अस्वीकार्य ठहर गरेको छ । पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको सङ्गठित हुने अधिकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै पार्टीले सकारात्मक कार्यक्रमहरूलाई स्वागत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्