
काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूह शेरबहादुर देउवा पक्षले बोलाएको बैठकमा नजाने भएको छ ।
आइतबार बिहान डा. कोइरालाको सचिवालय विशालनगरमा बसेको आफ्नो समूहको बैठकले देउवा समूहले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा नजाने निष्कर्ष निकालेको हो ।
समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले देउवा पक्षले बोलाएको बैठकमा नजाने बताए । उनले भने, ‘हामी हिजो उहाँहरू (देउवा पक्ष)ले बोलाएको बैठकमा पनि गएनौँ । आज पनि जाँदैनौ । पार्टीभित्र हाम्रो छुट्टै समूह छ । बैठक बसेर आफ्नो तरिकाबाट अगाडि बढ्छौँ ।’











