काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न वैशाख ८ गते मङ्गलवार निर्वाचन हुने भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयले मङ्गलवार दलको नेताको निर्वाचन हुने कार्यक्रम तय भएको भन्दै उपत्यका बाहिर रहेको भए सोमबारसम्म काठमाडौं आइपुग्न मोबाइलमा एसएमएस पठाएको छ ।

उपत्यकामा भएका सांसदहरूलाई बाहिर नजान पनि एसएमएसमा आग्रह गरिएको छ । ‘ कांग्रेस संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने हुँदा काठमाडौं उपत्यका बाहिर रहनुभएका माननीय ७ गतेभित्र आउनुहुन र उपत्यकामा हुन भएका माननीय बाहिर नजानु हुन जानकारी गराइन्छ,’ दलले सांसदहरूलाई पठाएको सूचनामा उल्लेख छ ।











