Logo
Logo

गृहमन्त्रीमाथी उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग


252
Shares

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ ।

The current image has no alternative text. The file name is: sususus.jpg

पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीको पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुनसक्ने भन्दै छानबिनलाई निष्पक्ष र प्रभावरहित बनाउन वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

“नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ,” विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले यस विषयमा ढिलासुस्ती वा ढाकछोप गर्ने प्रयास गरिए त्यसले सुशासन र जनविश्वासमा गम्भीर आघात पुर्‍याउने चेतावनी दिँदै तत्काल उच्चस्तरीय छानबिन थाल्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्