Logo
Logo

९ महिनामा भित्रियो ३४ अर्बको मोबाइल


189
Shares

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय स्मार्टफोनको माग र प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ९ महिनामा स्मार्टफोन आयात अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको छ ।

The current image has no alternative text. The file name is: mobile.jpg

यस अवधिमा गत आव सोही अवधिभन्दा ८९ हजार २ सय ९३ थान बढी स्मार्टफोन नेपाल भित्रिएका छन् । विभागको तथ्यांक अनुसार चालु आव ९ महिनामा ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ बराबरका १६ लाख ७४ हजार २ सय ४९ थान स्मार्टफोन आयात भएको छ । जबकि, गत आव सोही अवधिमा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार बराबरका १५ लाख ८४ हजार ९ सय ५६ थानमात्र मोबाइल भित्रिएका थिए ।

चालु आव चैतमा मात्रै पनि ३ अर्ब ८८ करोड ६६ लाख ३९ हजार रुपैयाँ खर्चिएर १ लाख ४५ हजार ७ सय ५४ थान स्मार्टफोन भिर्त्याइएको थियो ।

नेपालमा भित्रिने स्मार्टफोनमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको छ । चालु आव चीनबाट मात्रै २५ अर्ब ६५ करोड ६२ लाख ७६ हजार रुपैयाँ बराबरका १४ लाख १० हजार ९सय ३५ थान स्मार्टफोन आयात भएको छ ।

गत वर्ष सोही अवधिमा चीनबाट १७ अर्ब २६ करोड बराबरका १२ लाख ४७ हजार ५ सय ५८ थान मोबाइल आएका थिए ।

चीनपछि नेपालमा धेरै मोबाइल भारतबाट आउने गरेका छन् । यस अवधिमा भारतबाट ७ अर्ब ५९ करोड ४८ लाख ५१ हजार बराबरका २ लाख ५५ हजार ८ सय २० थान स्मार्टफोन भित्रिएका छन् ।

स्मार्टफोन आयातमा आएको यो वृद्धिले सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पारेको छ । चालु आव ९ महिनामा मोबाइल आयातबाट मात्रै सरकारले ६ अर्ब ३० करोड ८७ लाख ६१ हजार बराबर राजस्व संकलन गर्न सफल भएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा भने यस शीर्षकबाट ४ अर्ब ७३ करोड १५ लाख ८७ हजारमात्र राजस्व उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्