Logo
Logo

सप्तरीका एसपीमाथि छानबिन गर्न समिति गठन


1.4k
Shares

काठमाडौं । सप्तरीका प्र्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि छानबिन गर्न समिति गठन गरिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले एसपी केसीमाथि छानबिन गर्न एसएसपी कमल थापाको नेतृत्वमा समिति बनाएको हो ।

उक्त समितिले काम समेत सुरु गरेको छ । समितिले एसपीमाथि सोधपुछ सुरु गरेको छ । एसपी केसी र एक व्यक्ति बीचको फोन संवादको रेकर्ड बाहिरिएको थियो । जहाँ ती व्यक्तिले प्रहरीले उजुरी लिन नमानेको देखि उजुरी दिनका लागि प्रहरी कार्यालय भित्रै सहजीकरण गर्नुपर्नेमा नगरिएको गुनासो गरेको सुनिन्छ ।

यही विषयमा छानबिन गर्न एसएसपी थापाको नेतृत्वमा समिति गठन गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्