Logo
Logo

नेकपा स्थापना दिवसको कार्यक्रमलाई आज ओलीले सम्बोधन गर्ने


693
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थपना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका हुन् ।

ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशालगायतका विषय समेटिने छ । चैत १४ गते पक्राउ परेका ओली १३ दिनपछि रिहा भएका थिए । पित्तथैलीको पत्थरीको शल्यक्रियापश्चात वैशाख ५ गते डिस्चार्ज भएका छन् ।

स्वास्थ्य लाभ गरिरहेका उनले पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेको पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका पार्टी केन्द्र, जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकलाई एमालेले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्