Logo
Logo

आचारसंहिता कार्यान्वयन गर्न कर्मचारीलाई सरकारको निर्देशन


756
Shares

काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ ।संघीय मामिला तथा प्रशासन मन्त्रालयले सूचना जारी गरेर सरकारले स्वीकृत गरेको शासकीय सुधारका कार्यसूची अनुसार जिम्मेवारी निर्वाह गर्न भनेको हो ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारका एक सय कार्यसूची मध्ये निजामति कर्मचारीका सन्दर्भ पनि समेटिएको थियो । शासकीय सुधारका कार्यसुचीमा ‘विद्यामान भ्रष्टचार, ढिलासुस्ती जनमुखी र उदाहरणीय बनाउन कर्मचारी आचारसंहिता अक्षरश कार्यान्वयन गर्ने’ उल्लेख थियो ।

साथै, कर्मचारीहरुले व्यवसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र सरकारका निर्णयहरुको प्रभावकारी कार्यान्वयनमा समर्पित भई काम गर्ने वातावरण सुनिश्चित गर्ने सरकारको शासकीय सुधारका कार्यमा लेखिएको छ । कर्मचारीको आचरण सम्बन्धमा निजामति सेवा ऐन र नियमावली पूर्ण रुपमा पालना गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्