Logo
Logo

गृह मन्त्रालयबाट बिदा भए सुधन गुरुङ


567
Shares

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिएका छन् ।

उनले आज बुधवार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राजीनामा पत्र बुझाएका थिए । राजीनामालगत्तै गृहमन्त्रालय पुगेका उनले कर्मचारीहरूलाई सामूहिक रूपमा धन्यवाद दिए । त्यसपछि उनी आफ्नो गाडी चढेर बाहिरिए हुन् । 

विवादित व्यापारी दीपक भट्टको साझेदार रहेको विषयमा उनको नाम जोडिएको थियो । यसलाई लिएर उनीमाथि चौतर्फी आलोचना भएको थियो । उनले आफूमाथि निष्पक्ष छानबिनको माग गर्दै राजीनामा बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्